बिरगंज । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै वीरगञ्ज महानगरपालिकामा ५ दलीय सत्ता गठबन्धनका उम्मेदवारहरुले शुक्रबारदेखि संयुक्त घर दैलो अभियान सुरु गरेका छन् । गठबन्धनले शुक्रबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का विभिन्न टोलमा मेयर, उपमेयर र वडा अध्यक्षका उम्मेदवार सहित चुनावी घरदैलो अभियान शुरु गरेको हो । अभियानमा जनता समाजवादी पार्टीको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंह, नेपाली कांग्रेसबाट उपमेयर पदका उम्मेदवार इम्तियाज आलम, मधेश प्रदेशका मुख्यमन्त्री मो | लालबाबु राउत गद्दी, सङ्घीय सांसद् प्रदीप यादव, कांग्रेस पर्साका अध्यक्ष जर्नाधन सिंह क्षेत्री, उपाध्यक्ष रामनारायण कुर्मी लगायत जसपा र कांग्रेसका कार्यकर्ताहरुले घरघरमा मतदाताहरु भेट्दै गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका थिए । घ अभियानमा जसपा र कांग्रेसका नेता कार्यकर्ताहरुले मेयरमा छाता र उपमेयरमा रुख छापमा मात्र मतदान गर्न मतदाताहरुसाग आग्रह गरिरहेका छन् ।