रामजी यादव


वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिकाको कार्यालयमा पालिका स्तरीय कार्यशाला गोष्ठी कार्यक्रम आज सम्पन्न भएको छ। बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिगांसन साहको अध्यक्षतामा स्थानीय तहको शिक्षा क्षेत्रका लागि बिपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमाका लागि पालिका स्तरीय कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको हो।आर्थिक सहयोग युनिसेफ प्राबिधिक सहयोग( NSET)नेपाल तथा शिक्षा बिकास निर्देशनालय मधेश प्रदेश द्वारा आयोजित पालिका स्तरीय कार्यशाला गोष्ठी कार्यक्रममा प्रत्येक पालिकाका बिधालयहरुमा शिक्षा क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन र पालिका तथा सबै वडाहरुमा बिपद् जोखिम न्युनिकरण गर्नु पर्ने कुरामा जोड दिईएको थियो।बिषयगत बुन्दाहरुमा बृहत बिधालय सुरक्षाको सन्दर्भमा बिपद् जोखिम ब्यवस्थापन समिती गठन गरि संञ्चालन गर्नुपर्ने कुरामा प्रशिक्षकहरुले जोड दिनु भएको थियो।बहुदरमाई नगरपालिकाको कार्यालयमा हुन लागेको पालिका स्तरीय कार्यशाला गोष्ठी तिन दिन सम्म हुने कार्यक्रममा पर्सागढी नगरपालिका,बिन्दबासिनी गाउँपालिका,र बहुदरमाई नगरपालिकाका बिभिन्न सामुदायिक बिधालयहरुका प्रधानाध्यापकहरुलाई सहभागी गराई प्रशिक्षण दिएको थियो सो कार्यक्रममा पालिका कलेक्टर संयोजक गणेश कुमार बिंक, मदेश प्रदेश शिक्षा समुह संयोजक गणेश सुबेदी,एन.जी.ओ.फाउन्डेसन केन्द्रका प्रबिधी कमल बिश्वकर्मा र एस.ओ.डि.सी.सी.को प्रतिनिधि रामप्रबेश साहले प्रशिक्षण दिनु भएको थियो।