

वीरगञ्ज । नेपाल विद्यार्थी संघ पोखरिया नगरपालिकाको आज एक कार्यक्रमका बिच नयाँ कार्य समिति गठन गरिएको छ । शनिबार पोखरिया नगरपालिका वडा नम्बर ५ स्थित नेपाली कांग्रेसको सम्पर्क कार्यालयमा एक कार्यक्रमका बिच जय प्रकाश ठाकुरको अधयक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको हो ।ठाकुरको अध्यक्षतामा गठीत नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बिकास यादव, उपाध्यक्ष रुपेस चौहान, वरिष्ठ सचिव मनोहर साह, सचिव दिलिप रौनियार, सह–सचिव दिनेस मण्डल, राकेस मिश्रा , मजबुल्लाह मिया तेलि र कोषाध्यक्ष रिना दास चयन भएका छन् । नेविसंघ पोखरिया नगर समितिको सदस्यमा पानालाल महतो, दिनेस पासवान, प्रवेज आलम र सुरज पटेल लगायत रहेका छन् । पोखरिया नगरपालिकाका पुर्व मेयर दिप नारायण प्रसाद रौनियार, पुर्व जिल्ला समन्वय समितिका सदस्य रिजवान अन्सारी, नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रीय सचिव सुरेन्द्र सिंह , नेबि संघ पर्साका पुर्व उप–सभापति साबिर हुसैन, महानगर अध्यक्ष धिरज साह, ने वि संघ पर्साका सचिव फिरोज अन्सारी लगायतको उपस्थितीमा नयाँ कार्य समिति चयन गरिएको हो । ने वि संघ पर्साका अध्यक्ष रमेश कुमार यादवको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।