वीरगन्ज । पर्साको पकाहा मैनपुर गाउँपालिका पूर्व अध्यक्ष एवं जनता समाजवादी पार्टी, नेपाल (जसपा) नेता विजयी चौरसिया र पर्सा कै बिन्दबासिनी गाउँपालिका पूर्व उपाध्यक्ष तथा नेपाली कांग्रेस पार्टीकी मधेस प्रदेश कमिटी सदस्य नेता किरण देवी गुप्ताले परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेकालाई एमालेले मधेश प्रदेश कमिटी सदस्यमा मनोनयन गरेको छ ।
डेढ दशकअघिदेखि राजनीतिमा क्रियाशील रहेका नेता चौरसिया र गुप्ताले पार्टी परित्याग गरी एमाले रोजेका थिए । केही समयअघि एमालेका केन्द्रिय सदस्य एवं पर्सा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ताको पहलमा एमाले प्रवेश गरेका थिए ।
‘मधेशवादी पार्टीहरुले मधेशको नारा मात्रै दिने तर जनताको पक्षमा नभइ सीमित नेताको स्वार्थपूर्ति गर्ने काम मात्र गरेको अनुभूति भएपछि एमालेमा प्रवेश गरेको हुँ’– भने विजय चौरसिया बताउँछन ।
यहाँ आएपछि थाहा भयो मधेश विरोधी भनि प्रचार गरिएको एमाले नै वास्तवमा मधेशको विकासमा सबैभन्दा धेरै काम गर्ने पार्टी रहेछ भने नेता गुप्ताले बताइन् ।’
प्रदेश कमिटीमा मनोनित भएपछि नेता चौरसिया र गुप्ताले पार्टी नेतृत्वप्रति धन्यवाद ज्ञापन गर्दै पार्टी र एमाले नेतृत्वको प्रति क्रियाशील हुने बताए ।