वीरगन्ज । नेकपा एमाले निकटको युवा संघ नेपालको कालिकामाई गाउपालिकामा भेला सम्पन भएको छ । भेलाले नसी आलम ( असलम ) को अध्यक्षतामा २१ सदस्यीय पालिका कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा मुन्ना चौरसिया,सचिवमा नरेन्द्र पटेल,सहसचिवमा विकेश चौरसिया,मुक्ति प्रसाद कुशवाहा सदस्यहरूमा कुनाल कुमार,अजय पटेल,अंगद चौरसिया,प्रसान्त पटवा दिपक कुमार मुखिया लगायतका रहेका छन । नवगठित कमिटीका पदाधिकारी सदस्यहरू लाई संविधान सभासदस्य एवं एमाले प्रदेश कमिटी सचिवालय सदस्य जयप्रकाश थारूले सपथ ग्रहण गराउनु भयो । भेलामा नेकपा एमालेका कालिकामाई अध्यक्ष अनुप तिवारी,जिल्ला सदस्य जितेन्द्र गुप्ता,चन्द्रमोहन तिवारी,वकिल मिया,लगायत पालिकाका पदाधिकारी सदस्य तथा स्थानिय नेताहरूको सहभागीता रहेको थियो । नेकपा एमाले कालिकामाई गाउपालिका कमिटीले पार्टी सुदृढीकरण र विस्तार अभियान मिशन ग्रासरूट अन्तर्गत पालिकामा विभिन्न जनबर्गीय संगठनको बिस्तार गरिरहेको छ ।