वीरगन्ज । पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका वडा नम्बर २७ मा राष्ट्रिय युवा संघ नेपालको वडा भेला आज बिहीबार बिहान सम्पन्न भएको छ । युवा नेता एवं राष्ट्रिय युवा संघ नेपाल वीरगन्ज महानगर कमिटी उपाध्यक्ष अमीर खानको अध्यक्षता रहेका कार्यक्रममा युवा संघ नेपाल पूर्व जिल्ला कमिटी अध्यक्ष मनोज कुशवाहाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका वीरगन्ज महानगर कमिटी उपाध्यक्ष अमीर खानले अब युवाको सुत्ने समय नभई राजनितिमा लागेर समाज र देशको विकास गर्न अग्रसर हुनुपर्ने बताउनु भयो । त्यसै गरी युवा शक्तिले नै संसारमा उल्लेखनीय क्रान्ति भएको र मिशन आउँदो चुनावलाई लक्षित गरी पर्सा जिल्ला लगायत वीरगंज महानगरको सम्पूर्ण वडामा युवाहरु सिजर्नात्मक कार्यमा लागि समाजको मुहार परिवर्तन गर्न युवा नेता प्रमोद पटेलले अपिल गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व जिल्ला अध्यक्ष कुशवाहाले अबको राजनीतिको जिम्मा युवा वर्गले लिनु पर्ने जिकिर गर्नु भयो । यस्तै सुनिल कुमार सिंहको नेतृत्वमा १५ सदस्यीय वडा कमिटी समेत गठन भएको छ ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य बाबुराम खनाल , जिल्ला सचिव अर्जुन नेपाल लगायतको सहभागिता भएको कार्यक्रममा सहजीकरण महानगर कमिटीका सचिव मुकेश यादवले गरेका थिए।