विरगन्ज । नेपाली कांग्रेसको मधेश प्रदेश तथा स्थानीय निकाय विभागको सदस्यमा बिन्दबासिनी गाउँपालिका संयोजकसमेत रहेका युवा नेता विवेक चौरसिया मनोनित भएका छन् ।
कांग्रेसको विधान २०१७ को धारा ११ को (ख) बमोजिम पार्टी प्रदेश सदस्य जीवनाथ चौधरीले युवा नेता चौरसियासहित २२ जनालाई प्रदेश तथा स्थानिय निकाय विभागको सदस्यमा मनोनित गरेका छन् ।
पार्टीले मनोनित गरेकोमा खुसि व्यक्त गर्दै नेता चौरसियाले इमान्दारीता पूर्वक आफूलाई दिइएको भूमिका निर्वाह गर्ने बताएका छन । पार्टीले आफ्नो योगदानको कदर गरेको भन्दै थप जिम्मेवारी काँधमा थपिएको नेता चौरसियाको भनाइ छ । पार्टीको विधान, नियमावली र निर्देशनलाई इमानदारीतापूर्वक आफ्नो कर्तव्य पूरा गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।