वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी एमाले पोखरीया नगर कमिटी बैठक आईतबार सम्पन्न भएको छ ।
एमाले केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ताको प्रमुख आतिथ्यतामा भएको बैठकमा पार्टीको अहिलेको अवस्था विष्लेषण गर्नुका साथै पार्टी भित्रका समस्याको बारेमा छलफल गरिएको थियो ।
बैठकले पछिल्लो समय पार्टीमा देखापरेका समस्या समाधान गर्दै सदस्यता नविकरण गर्ने निर्णय गरेको छ ।
बैठकमा नेकपा एमाले प्रदेश कमिटी सदस्य एवं पोखरीया नगरपालिकाका मेयर प्रधुमन् चौहान , उपमेयर रुबी ठाकुर , जिल्ला सचिवालय कमिटी सदस्य संजिव मिश्रा , नगर कमिटी अध्यक्ष बिन्धाचल ठाकुर , नेता भगवान कुर्मी , राजेश रौनियार , राधा शाह , सुरेश पासवान , सुनिल कुशवाहा , लगायतको उपस्थिति रहेको थियो ।