वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल कालिकामाई गाउँपालिका कमिटी बैठक मंगलबार सम्पन्न भएको छ ।
एमाले मधेश प्रदेश कमिटी सदस्य एवं चन्द्रमोहन तिवारीको प्रमुख अतिथि तथा राष्ट्रिय युवा संघ नेपाल कालिकामाई गाउँपालिका कमिटी अध्यक्ष नशी आलमको अध्यक्षतामा भएको बैठकमा संगठनको अहिलेको अवस्था विष्लेषण गर्नुका साथै संगठन भित्रका समस्याको बारेमा छलफल गरिएको थियो ।
बैठकले पछिल्लो समय संगठनमा देखापरेका समस्या समाधान गर्दै आउँदो २२ गते पालिका कमिटी अधिवेसन गर्ने निर्णय गरेको छ ।
बैठकमा एमाले गाउँपालिका कमिटी अध्यक्ष अनुप तिवारी , नेता कौशल साह , जितेन्द्र गुप्ता , वकील मियाँ , अमिन देवान , मनोज कुशवाहा लगायतको उपस्थिति रहेको थियो ।