वीरगञ्ज । नेशनल ईन्फोटेक (एनआई) क्रिकेट कपमा नेशनल एकेडेमीलाई पराजित गर्दै वीरगञ्ज पब्लिक कलेज (बिपिसी) सेमीफाइनलमा प्रवेश गरेको छ । सोमवार सम्पन्न खेलमा नेशनल एकेडेमीलाई ६९ रनको फराकिलो अन्तरले पराजित गर्दै बिपिसीले सेमीफाइनलमा स्थान बनाएको हो ।
टस जितेर ब्याटिङ् गरेको बिपिसीले १९.५ ओभरमा सबै विकेट गुमाएर १३९ रनको योगफल तयार पारेको थियो । जसका लागि अफ्जल अन्सारीले २५ रन बनाए । जडुबन्शी बैठाले २३ रन जोड्दा सक्षम खड्काले १९ रन बनाए ।
नेशनल एकेडेमीका शनि कुमार कलवारले ३.५ ओभरमा २३ रन दिएर ४ विकेट लिए । बिरेन्द्र साह कानुले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए । १४० रनको लक्ष्य पछ्याउन ब्याटिङ्मा उत्रिएको नेशनल एकेडेमी ७० रनमै समेटियो । नेशनल एकेडेमीले १३.२ ओभरमै सबै बिकेट गुमायो ।
बिपिसीका राहुल बैठा, बाल्मिकी राउत र अफ्सर अन्सारीले समान २÷२ विकेट लिए । प्रतियोगीतामा जडुबन्शी बैठा प्लेयर अफ दी म्याच घोषित भएका छन् । उनलाई नेपालका राष्ट्रिय खेलाडनी हासिम अन्सारीले पुरस्कार प्रदान गरेका थिए ।
बिपिसीले अब बिहिवार ग्लोबल बिजनेस कलेजसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।