वीरगन्ज । राप्रपा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.३२ रामबन टोलमा वडा ईकाई कमिटी गठन भएको छ । राप्रपा महानगर अध्यक्ष रामेश्वर प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा पासाङ लोपचनको अध्यक्षतामा २९ सदसीय कार्यसमिति चयन भएको पार्टी पर्सा उपाध्यक्ष तथा प्रवक्ता मनोज कुमार मिश्रले जानकारी दिनुभयो ।
नयाँ चयन भएको कार्यसमितीको उपाध्यक्षमा गोपाल पौडेल, सचिव संजय डोङ, कोषाध्यक्ष नारायण त्रिपाठी, सहसचिवमा बालकृष्ण श्रेष्ठ, सदस्यमा नयाँ लोपचन, खडक बि.क, संजय बंजन, पुुर्णीमा साङबो, सरस्वती तामाङ लगायत रहेका छन ।
कार्यक्रममा युवा केन्द्रिय सदस्य अनिल कुशवाहा, राजेश पटेल, रिसी श्रीवास्तजव, महेन्द्र पटेल, बिनोद पटेललयातको सहभागीता रहेको प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।