वीरगन्ज । राप्रपा पर्साको प्रशिक्षण कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ । राप्रपा पर्साका अध्यक्ष सुमेशवर नाथ उपाध्यायको अध्यक्षतामा भएको सो कार्यक्रममा युवा संघका केन्द्रिय सदस्य अनिल कुशवावाले राजधानीमा हुने बृहत आन्दोललाई सफल बनाउने बिषयमा सहभागीहरुलाई प्रशिक्षण दिएका छन ।
सो कार्यक्रमका मधेश प्रदेशका कोषाध्यक्ष जगरनाथ प्रसाद कुर्मी, राप्रपा केन्द्रि सल्लाहाकार समितिका सदस्य रामबहादुर थापा, जिल्ला उपाध्यक्ष निरा झा, मनोज कुमार मिश्र,सचिव पन्नलाल पटेल, कोषाध्यक्ष रामेश्वर महतो, नगर अध्यक्ष रामेश्वर यादवलगायतको बिशेष उपस्थिती रहेको थियो । कार्यक्रम पार्टी कार्यालय रानीघाटमा सम्पन्न भएको प्रवक्त मनोज कुमर मिश्रले जानकारी दिनु भयो ।