“सम्झना हुन्छ की ई.सं.१९२९ मा जर्मनीको बर्लिनमा आयोजित एक कन्शर्टमा भायलिन बजाउँदै गरेको अत्यन्त प्रतिभाशाली १३ बर्षको एक बालकको । उक्त कन्शर्टमा अडिन्शको रुपमा विश्वका महानतम वैज्ञानिक अल्बर्ट आइंस्टाइन पनि हुनुहुन्थयो । ती प्रतिभाशाली बालक थिए महानतम् भायलिन वादक येहुदी मेनुहिन !
कन्शर्ट समाप्त भएपछि मञ्चमा चढेर–‘चमत्कारको अन्त्य कहिले नहुने रहेछ,आज मलाई महसुश भयो की स्वर्गमा इश्वर बस्नुहुन्छ’ भन्दै त्यो भायलिन बाधक बालकलाई अल्बर्ट आइंस्टाइनले म्वाई खानु भयो । अलबर्टको आफ्नो भायलिन थियो जसलाई उहाँ माया गरेर ‘लीना’ भनेर सम्बोधन गर्नु हुन्थ्यो । काम गर्दा गर्दै मनलाई बहलाउन अलबर्ट लीना बाधन गर्नु हुन्थ्यो । एक पटक भायलिनमा मोत्जार्टको सोनाटालाई बाधन गर्दै–‘मोत्जार्ट को सङ्गीत यती विशुद्ध र उत्कृष्ट छ कि यसमा म ब्रह्माण्डका आत्माबमे सुन्दरता प्रतिबिम्बीत भएको देख्छु’ भनेर भन्नु भएको थियो ।
ई.सं. १९९७ को चलचित्र टाइटैनिकमा जहाजमा यात्रा गरिरहेका बैण्ड माष्टर वैलेस हार्टले भायलीन बजाउँदै आफ्ना बैण्डका आठ सदस्य सहित मृत्युको अँगालोमा बाँधिएको दृष्यमात्रै हैन,जब हार्टलको शव भेटिन्छ त उनको छातिमाथी भएको भायलिन र अमेरिकन महिला भायलिन वादक टेलर डेविसको भायलिन कभर र सलीन डिओनको आवाजमा ‘टाइटैनिक’को थीम साउण्डट्रैक–‘माय हार्ट विल गो ऑन’ ।


जनवरी ई.सं.२००७ जनवरी महिनाको बिहानै वाशिङ्गटन डीसीको एउटा सबवे मेट्रो स्टेशनमा जोशुआ बेल भेषभूषा बदलेर एउटा कहिले नदेखिएको मानिशको रुपमा लगभग ४५ मिनटसम्म भायलिन बजाउँदै बस्नु भयो । यस अवधिमा त्यहाँबाट गभग ११ सय जति मानिशहरु आवोत जावोत गरे । तर उनको भायलिन सुन्नको लागि ७ जना मात्र उभिए त्यसमा केवल एक जना महिलाले मात्र जोशुवालाई चिनिन् । उहाँ भायलिन बजाउँदै गर्दा जम्मा जम्मी २७ जनाले उहाँलाइृ ३२ डलर दिए । जवकी जोशुआले जुन भायलीन त्यतीबेला बजाउनु भएको थियो त्यसको मूल्य अहिले नेपाली रुपैयाँ डेढ अरव जति पर्दछ । ‘वाशिङ्गटन पोस्ट’ द्वारा आधुनिक समयका महान भायलिन वादक जोशुआ बेल र ई.सं.१७१३ को उहाँको एन्टीक (पुरातन) ‘गिब्सन स्ट्रेडीवेरियसभायलिन’ नाम दिइएको भायलिन को लागिे उपरोक्त बमोजिमको एउटा सामाजिक प्रयोग गरिनु भन्दा तीन दिन पहिले जोशुआले बोस्टन शहरमा एउटा कन्शर्ट गर्नु भएको थियो जसको लागि शुरुवाती प्रवेश टिकटको मूल्य एक सय डलरबाट शुरु भएको थियो ।
यो सामाजिक प्रयोगबाट जोशुआ बेल अपरिचित मानिशको रुपमा एउटा सार्वजनिक स्थलमा बशेर एउटा अतिरामूो बाजा बजाउँदै गर्दा आफ्नै तालमा ब्यस्त भागदौडमा रमाईरहेको दुनियाले उहाँलाई चिन्न नै सकेनन् । यो प्रयोगले आफैँमा अल्झेको यो संशार नाम तथा अन्हुार नजानेर नचिनेर कैयौँ सुन्दर र प्रतिभावान बस्तुहरुबाट बञ्चित हुनु परिरहेछ भन्ने छर्लङ्ग पारेको थियो ।
ब्राजीलको रियो शहरमा बस्ने साङ्गीतिक शिक्षक इवैन्ड्रो जोअ ड सिल्वाको हत्या भएपछि उहाँको अन्तिम संस्कारको अवशरमा १२ बर्षको उहाँको बिधार्थी डिएगोले भायलिन बजाएका थिए(( प्रशान्त द्विवेदी,२०२३ । विश्व वायलिन दिवस । सामाजिक सञ्जाल को भित्ताबाट । जनबिचार संवाद । १३ डिसेम्बर ई.सं.२०२३) । डियगोले यशरी भावुक मुद्रामा भायलिन बजाउँदो उपस्थित मात्र हैन विश्वलाइ नै भावुक बनाएको थियो ।
प्रशान्त द्विवेदी