काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई आपसमा गाभ्ने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति राम चन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारणको व्यवस्था गर्न यी दुई मिडियालाई आपसमा गाभेर एकीकृत प्रसारण सेवा सुरु गर्ने बताएका हुन् ।
पौडेलले प्रेस काउन्सिललाई सबै सञ्चार माध्यमबाट प्रकाशन तथा प्रसारण हुने सबै विषयवस्तुको नियमन गर्ने गरी नयाँ कानुनी व्यवस्थासहित मिडिया काउन्सिलमा रूपान्तरण गरिने बताए ।
पौडेलले मर्यादित पत्रकारिता विकासमा लागि आवश्यक नीति बनाइने, पत्रकारितालाई ज्ञानमा आधारित उद्योगको रूपमा विकास गरिने बताए ।