वीरगन्ज । नेकपा एमाले पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पर्साको बैठक सोमबार बिरगजमा सम्पन्न भएको छ । बैठकले जिल्लाको पोखरीया नगरपालिकामा हुने सभामा एकलाख बढीको जनसहभागिता गराउने निर्णय भएको छ ।
प्रतिनिधि सभा सदस्य एवं पर्सा जिल्ला इन्चार्ज प्रभु हजाराको प्रमुख आतिथ्यतामा राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्लाका अध्यक्ष मोहमद निजामको अध्यक्षतामा बैठक सम्पन्न भएको छ । कार्यक्रमका विशिष्ट अतिथि बिश्मबर शर्मा लगायत नेताहरुको सहभागिता रहेको थियो ।
बिरगंजमा बसेको बैठकले जसपा पार्टीका नेता हरिनारायण रौनियार लगाएतका नेताहरुलाई मंसिर ५ गते पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलि आउने कार्यक्रम रहेको र सो कार्यक्रम लाई सभ्य,भव्य र मर्यादित बनाउने उदेश्यले बैठकमा छलफल भएको हो ।